News Details

Home

/

News Details

अत्यधिक गर्मीका कारण बिदा सम्बन्धमा ।

News

Wednesday, June 11, 2025

आदरणीय अभिभावकज्यू,
नमस्कार
बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालयको मिति २०८२/०२/२८ गतेको नगर प्रमुख स्तरीय निर्णयानुसार बिर्तामोड नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा अत्यधिक गर्मीका कारण पठनपाठनका लागि समेत प्रतिकूल मौसम देखिए‌कोले विद्यालयको हिउँदे र बर्षे विदाबाट विदा कट्टा हुने गरी मिति २०८२/०२/२९ गते देखि मिति २०८२/०२/३० गते सम्म विद्यालय विदा दिने निर्णय भएकोले भोली एवम् पर्सी विद्यालयको नियमित पठनपाठन एवं प्रशासनिक कार्यहरु बन्द रहने जानकारी गराउन चाहन्छु ।
गर्मीको यो विषम अवस्थामा आफ्ना बालबालिकालाई दिउँसोको चर्को घाममा हिँडडुल गर्न नदिनुहुन र नदी, नाला, पोखरीजस्ता जलस्रोतहरूमा पौडी खेल्ने वा अन्य जोखिमपूर्ण गतिविधिमा संलग्न हुन नदिन सम्पूर्ण अभिभावकज्यूहरूलाई विनम्र अनुरोध गरिन्छ । साथै, बालबालिकालाई प्रशस्त पानी पिउन र पर्याप्त आराम गर्न प्रोत्साहित गर्नुहोस् ताकि उनीहरू स्वस्थ, सुरक्षित र ऊर्जाशील रहून् ।
यस्तै, विद्यालय परिवारका सम्पूर्ण शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूलाई पनि उक्त निर्णयको इमान्दारीपूर्वक पालना गर्न अनुरोध गरिन्छ । मौसममा सुधार आएपछि आवश्यकता अनुसार विदाको अवधि पुनः समायोजन गरिनेछ र पठनपाठन नियमित रूपमा सञ्चालनमा ल्याइने जानकारी समेत गराइन्छ ।
धन्यवाद,
अनुप शर्मा
प्रिन्सिपल

EVEREST
Smart Education Academy

We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.

Get In Touch

Address

Birtamod-6, Buttabari, Jhapa, Nepal

Phone

9746863306

Newsletter

Powered by: Dynamic Ovhok Pvt Ltd